नियम
कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालय

रक्षा सचिवको अन्तिम जवाफदेहीमा नेपाली सेना सम्बन्धी निम्नलिखित कार्यहरु गर्नको निमित्त रक्षा सचिवको मातहतमा कन्ट्रोलर अफ डिफेन्स एकाउण्ट एण्ड स्टोर्स कार्यालय नामको एक विभाग रहनेछः–

(क) जंगी अड्डा तथा सो मातहतका कार्यालय विभाग तथा बाहिनी युनिट, सव–युनिट, डिपोहरुबाट खर्चको माग भै आएमा बजेटभित्र पर्ने, नपर्ने र खर्च पर्याप्त भए, नभएको जा“चबुझ गरी खर्च गर्नलाई पेश्की दिने तथा भुक्तानी समेत दिने,
(ख) बजेट शीर्षक अनुसार आम्दानी तथा खर्चको हिसाब दुरुस्त गरी राख्ने,
(ग) आफ्नो विभागबाट खर्च गरिएको र जंगी अड्डा र सो मातहतको बाहिनी, युनिट, सव–युनिट, डिपो, विभाग तथा अड्डाहरुबाट आएका आम्दानी खर्चको विवरण विभागीय हिसाबमा समावेश गरी आन्तरिक लेखापरीक्षण गर्ने,
(घ) हातहतियार तथा खर खजाना बाहेक राशन, तलब भत्ता र स्टोर, इक्विपमेण्ट क्लोदिंग र अरु सर सामानहरुको खर्च नियमानुसार भए, नभएको जाँची अनियमित भएकोमा जो चाहिने कारबाही गर्ने, गराउने,
(ङ) ठेक्का पट्टा सदर, बदर गर्ने,
(च) नेपाली सेना सम्बन्धी आम्दानी हुन आएको तथा आम्दानी गर्नु पर्ने रकमहरु रीतपूर्वक भए, नभएको जाँची बेरीत भएकोमा जो चाहिने कारबाही गर्ने गराउने ।